प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
ratopati.com · Sun Jun 14 10:53:05 GMT 2026

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रजातन्त्रको लागि लडेको कांग्रेसमा निरङ्कुशता सुरु भएको बताएका छन् ।
विराटनगरमा कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको एकता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘कांग्रेसको जन्म लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यका लागि भएको हो । तर, अहिले देशैभरि वडाका सभापतिहरूलाई मौखिक रूपमा हटाउने काम भएको छ । के–को निम्ति भन्दा अद्यावधिक गर्न नमानेको आधारमा हटाइयो । यो निरंकुशताको सुरुवात हो,’ कोइरालाले भने, ‘कांग्रेसको जन्म त्यसको लागि भएको होइन ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)