मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कक्षाकोठामा सिसिटिभी

gorkhapatraonline.com · Sun Aug 13 06:39:09 GMT 2023

बाजुरा समाचारदाता

बाजुरा, साउन २८ गते । बाजुराको बडीमालिका नगरपालिका–८ मा रहेको मालिका माविले विद्यालयका सबै कक्षाकोठामा सिसिटिभी क्यामरा जडान गरेको छ। शिक्षकले कक्षाकोठामा गएर विद्यार्थीलाई पढाएको वा विद्यार्थीले पढे नपढेको निगरानी राख्न सिसिटिभी जडान गरिएको हो। कक्षाकोठाको सम्पूर्ण गतिविधि प्रशासन कक्षबाटै नै मूल्याङ्कन तथा अनुगमन गर्न सिसिटिभीबाट गरिने छ। यसरी कक्षाकोठामा सिसिटिभी जडान गरिएपछि पछिल्लो समयमा बालबालिकाले पढाइमा थप ध्यान दिन थालेको जनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)