आल्मेरियाविरुद्ध रियलको उत्कृष्ट पुनरागमन
ekantipur.com · Mon Jan 22 00:43:57 GMT 2024
काठमाडौँ — रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा आल्मेरियामाथि उत्कृष्ट पुनरागमन जित रचेको छ । उसले दुई गोलले पछाडि रहेको स्थितिमा आल्मेरियालाई ३–२ ले हराएको हो ।
लिगमा जितहीन रहेको आल्मेरियाले बर्नाबाउमा अविश्वसनीय रूपमा २–० को अग्रता लिएको थियो । त्यसयता रियलका लागि जुड वेलिङघम, भिनिसियस जुनियर र डानी कारभाजानलले गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)