मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एन्फा महिला लिग : वालिङको पहिलो जित

ekantipur.com · Thu Sep 05 23:44:10 UTC 2024

काठमाडौँ — कोशी प्रदेशले एन्फा महिला लिग फुटबलमा बिहीबार लगातार दोस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा कोशीले वाग्मती युथ क्लबलाई २–१ ले पराजित गर्‍यो । अर्को खेलमा वालिङ नगरपालिकाले कर्णाली प्रदेशलाई ४–० ले पराजित गर्‍यो ।

दिनको पहिलो खेलमा प्राप्त जितपछि कोशी ६ अंकसहित लिग तालिकाको शीर्षस्थानमा रह्यो । वाग्मती भने पहिलो हारपछि ३ अंकमा रह्यो । वाग्मतीले नै २६ औं मिनेटमा विष्णुमाया बलको गोलबाट अग्रता लिएको थियो । यो अग्रता लामो समय भने टिकेन र समीक्षा मगरले गोल गर्दै २९ औं मिनेटमा खेल बराबरीमा ल्याए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)