प्रशासनका अधिकृतद्वारा अन्नपूर्णकर्मीमाथि दुर्व्यवहार
annapurnapost.com · Sat Jan 22 06:05:00 GMT 2022
नुवाकोट : जिल्ला प्रशासन कार्यालय नुवाकोटका एक अधिकृतले अन्नपूर्णकर्मी देवचन्द्र भट्टलाई दुर्व्यवहार गरेका छन्। सेवाग्राहीको गुनासोका विषयमा जानकारी लिन पुग्दा अधिकृत सुरेश श्रेष्ठले अन्नपूर्णकर्मी भट्टलाई गालीगलौज गर्दै आक्रमणको प्रयास गरेका हुन्।
पहिलेदेखि नै अधिकृत श्रेष्ठको कामप्रति धेरै गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय पुग्दा आफूमाथि आक्रमणको प्रयास नै गरेको पीडित अन्नपूर्णकर्मी भट्टले बताए। कार्यालय समयमा नै कार्यकक्षमा सहायक प्रमुख जिल्ला अधिकारी तथा उपसचिव वेदप्रसाद अर्यालकै अगाडि उनले गालीगलौज गर्दै आक्रमणको प्रयास गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)