मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लाओसको सामना गर्दै नेपाल

annapurnapost.com · Thu Oct 12 01:32:30 GMT 2023

काठमाडौं : फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटको पहिलो खेलमा नेपालले बिहीबार लाओसको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि आफू उत्साहित रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले बताएका छन् । ‘लाओसको सामना गर्नका लागि उत्साहित छौं । लाओससँगको खेल हाम्रा लागि निकै महत्वपूर्ण छ । लाओसविरुद्ध मैदान उत्र्न हामी तयारी अवस्थामा छौं’, प्रशिक्षक एनेसले भने, ‘हाम्रा सबै खेलाडी फिट छन् । घरेलु मैदानको फाइदा उठाउने अभियानमा छौं ।’ उनले आओससँगको खेलका लागि दुई महिनाको तयारी गरेको बताउँदै म्यानमार तथा स्थानीय क्लबसँगको मैत्रीपूर्ण खेलको फाइदा पुग्ने बताए ।

प्रशिक्षक एनेसले गत मार्चमा थ्री नेसन्स कपमा लाओसको सामना गरेको स्मरण गर्दै त्यतिबेला र अहिलेको टोलीमा निकै परिवर्तन भइसकेको बताए । ‘लाओसको टोली फेरिएको छ । उनीहरूले पनि राम्रो तयारी गरेका छन्’, उनले भने, ‘खेल रोमाञ्चक हुनेछ । हामी जित निकाल्दै दोस्रो चरणमा पुग्ने प्रयासमा हुनेछौं ।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)