ढुंगेयुग त होइन नि सरकार !
annapurnapost.com · Fri Jan 21 05:59:00 GMT 2022
माघ लागेदेखि तराई/मधेस क्षेत्रमा घाम लागेको छैन। पानीजस्तै शीतलहर छ। बाक्लो हुस्सु र चिसो हावाले मुटु नै हल्लाउँछ। एक जोर न्यानो लुगासमेत नपाएर गरिब, विपन्न असहायहरू पराल ओढेर बाँचिरहेका छन्। तर, सरकार र सरकारी संयन्त्रहरू कता छन् ? खोज्नुपर्ने भएको छ।
मानव विकास क्रमसँगै समाज आधुनिक र सुविधासम्पन्न बन्दैछ। सूचना र प्रविधि क्षेत्रको विकासले विश्वलाई आज कहाँबाट कहाँ पुर्याइसक्यो। तर, हाम्रै समाजमा एक छाक खान र एक जोर लुगा लगाउन नसकेर मान्छेले बाँच्नका लागि पराल ओढ्नुपर्ने अवस्था छ। लगलग काम्दै शीतलहर कटाउनुपर्छ। अर्थात्, ढुंगेयुगकै झल्को दिने दयनीय जीवन बिताउनु परेको छ। बल र शक्ति हुनेले राज्यमा मोजमस्ती गर्ने, नहुनेले एकसरो लुगा पनि लगाउन नपाउने अवस्था पक्कै पनि आधुनिक समाजलाई गिज्याउने कारुणिक दृश्य हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)