एमाले बागमतीको अध्यक्षमा कैलाश ढुंगेल विजयी
shilapatra.com · Fri Sep 29 17:44:00 GMT 2023
नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनामा उनी निर्वाचित भएका हुन् । उनले कृष्णप्रसाद दाहाललाई पराजित गरेका हुन् । अन्तिम परिणामअनुसार ६९६ मत प्राप्त गरी ढुंगेल निर्वाचित हुँदा उनका निकटम प्रतिस्पर्धी दाहालले ४३९ मत प्राप्त गरेका छन् ।
रामेछापका ढुंगेल यसअघि २०७४ मा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भई प्रदेशमन्त्रीसमेत भएका थिए । उनलाई महासचिव शंकर पोखरेलको समर्थन रहेको बताइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)