मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खेतमा चामलको बोराभित्र लुकाएर राखिएको १०० किलो गाँजा बरामद

annapurnapost.com · Sun Jun 14 11:02:01 GMT 2026

वीरगन्ज : पर्साको जगरनाथपुर गाउँपालिका–३ मरैया चोकस्थित खेतबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खेतमा बेवारिसे अवस्थामा रहेको १०० किलो गाँजा बरामद गरेको हो ।

मरैया चोकस्थित खेतमा चामलको पाँच वटा बोराभित्र लुकाएर राखिएको अवस्थामा १०० किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उक्त गाँजा कसले र कहाँबाट ल्याएको विषयमा अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)