रुविनाको ऐतिहासिक शतक
ekantipur.com · Wed Feb 14 00:30:28 GMT 2024
काठमाडौँ — अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपाली खेलाडीलाई अर्धशतक बनाउनु नै ठूलो सफलता जस्तो हुँदै आएको थियो । यसअघि अन्तर्राष्ट्रियस्तरमा तीन नेपाली खेलाडीले मात्र अर्धशतक बनाएका थिए । जबकि अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपालले सन् २००७ देखि लगातार खेल्दै आइरहेको छ । १७ वर्षपछि रुविना क्षेत्रीले मंगलबार ट्वान्टी–२० महिला अन्तर्राष्ट्रियमा पहिलो शतक बनाउँदै कीर्तिमान कायम गरेकी छन् । ट्वान्टी–२० भने नेपालले २०१८ देखि खेल्न थालेको हो ।
पूर्वकप्तान रुविनाले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा माल्दिभ्सविरुद्ध अविजित ११८ रनको सानदार इनिङ्स खेलेकी हुन् । उनले ५४ बलमा १०२ रन हान्दै शतकको कोसेढुंगा पार गरेकी थिइन् । अविजित सानदार पारी खेलेपछिको प्रतिक्रियामा बोल्ने शब्द नै नपाएको बताउँदै उनले यतिमात्र भनिन्, ‘कीर्तिमान भनेको कीर्तिमान नै हो, जसले नेपाली महिला क्रिकेटको ब्याटिङको सबैथोक बोल्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)