मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोटिहोम विराट ज्ञान महायज्ञको नाममा धर्मगुरु बालयोगेश्वर विजय कृष्णमूर्ती भनेर चिनिने विजय ताण्डव देखाएपछि

barnanmedia.com · Sat Mar 08 22:10:16 GMT 2025

शान्त क्षेत्र पोखरा केही दिनदेखि अशान्त बनेको छ। गण्डकी सत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको नाममा धर्मगुरु बालयोगेश्वर विजय कृष्णमूर्ती भनेर चिनिने विजय भण्डारीले ताण्डव देखाएपछि शान्त पोखरा अशान्त बन्न थालेको हो। कोटिहोम आयोजक मानव सेवा फाउण्डेसन र पोखरा महानगरपालिकाबीच सुरुमा देखिएको सामान्य विवाद बढ्दै गएर झडपमा परिणत हुन थालेको छ।

पोखरा–६ लेकसाइडस्थित वाराहीघाटमा वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म डेढ महिना लामो समयसम्म हुने कोटिहोमका लागि आयोजक मानव सेवा फाउण्डेसनले समिधा बनाउन भन्दै पोखरा–६ र पोखरा–१४ का विभिन्न ठाउँका बर, पीपल र समीका रूख मुठारेपछि आयोजक र महानगरबीच विवाद बढेको थियो। समिधाका नाममा बर, पीपल र समीका रूख काटेर चौतारी नै मासेको भन्दै महानगरले समिधाका लागि काटिएको काठदाउरा जफत गरेपछि उनीहरूबीच थप दूरी बढ्यो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)