विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
ratopati.com · Sun Jun 08 18:58:00 GMT 2025

महोत्तरी। मधेस प्रदेशमा चालु आर्थिक वर्षमै विपद्मा परी ४ सय २२ जनाको ज्यान गएको छ ।
बर्दिबासमा आज (आइतबार) मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आयोजना गरेको विपद्सम्बन्धी जनचेतनामूलक कार्यक्रममा प्रदेश प्रहरी कार्यालयले बाढीले बगाएर, पानीमा डुबेर, चट्याङ, आगलागी, हावाहुरी र हिंस्रक जन्तुको आक्रमणसहितका घटनामा परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको जनाएको हो । साना ठुला गरी यस अवधिमा दुई हजार २ सय ५८ विपद्का घटना घटेकामा ९ सय जना घाइते र रु ५६ करोड ६७ लाख २४ हजार २ सय १२ बराबरको आर्थिक क्षति भएको प्रदेश प्रहरी कार्यालयले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)