वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
ratopati.com · Sun Jun 08 19:18:00 GMT 2025

नवलपरासी। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ का भवानीशङ्कर यादवले व्यावसायिक माछा पालन गरी वार्षिक रु एक करोडभन्दा बढीको कारोबार गरिरहेका छन्। भारतको आन्ध्र प्रदेशबाट माछा पालनसम्बन्धी तालिममा हासिल गरेको अनुभवको प्रयोग गर्दै उनले माछा पालन गरेर गाउँमै उदाहरण पेस गरेका छन् ।
सोह्र बिघा जग्गामा २० वटा पोखरी बनाएर व्यावसायिक माछा पालन गरिरहेको ४८ वर्षीय यादवले बैखी कार्प माछा पालन गरिरहेका छन् । पोखरीमा रहेका माछालाई चरालगायत कुनै पनि चिजले खान नपाउन् भनेर जाल जाली लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)