चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु
rajdhanidaily.com · Fri May 20 23:11:36 GMT 2022
चितवन । चितवनमा शुक्रबार साँझपख आएको हावाहुरीका कारण तीन जनाको मृत्यु भएको छ । फरकफरक ठाउँमा भएको घटनामा अटोरिक्सामा सवार तीन जनाको मृत्यु भएको हो ।
भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार दुईको भोजाडमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, भरतपुरबाटै भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार एकको बर्सेनीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)