मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा कांग्रेसको प्यानलै विजयी

nayapatrikadaily.com · Mon May 16 17:58:00 GMT 2022

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षमा रामपदारथ साह तेलीले ४,६६८ मत प्राप्त गरी विजय हासिल गरे । गाउँपालिका उपाध्यक्षमा श्यामकला यादवले ४,६१० मत प्राप्त गरी जित निकाल्न सफल भइन् ।

गाउँपालिका अध्यक्षको निकटतम् प्रतिस्पर्धामा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार एवं निवर्तमान अध्यक्ष विनोदकुमार साहले ३,२७१ मत मात्र प्राप्त गरे । यस्तै, उपाध्यक्षको निकटतम् प्रतिस्पर्धी लोसपाकी गीतादेवी रायले ३,३११ मत प्राप्त गरिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)