मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालेन असफल भएपछि राजतन्त्र आउँछ,विकल्प हामी दिन्छौं:राणा

barnanmedia.com · Sun Jun 14 11:06:46 GMT 2026

काठमाण्डु– राप्रपा परित्याग गरेका नेता धवलशमशेर राणाले रास्वपा र बालेन शाह (बालेन) नेतृत्वको सरकारको विकल्प आफूहरु भएको दाबी गरेका छन् ।

नयाँ पार्टी गठनबारे जानकारी दिन आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राणाले आफूहरु विकल्प भएको बताए ।

बालेन सरकार बनेको सय दिन नपुग्दै धेरै गल्ती गरिसकेको उनको भनाइ थियो ।

‘गठन भएको सय दिनमै यो सरकारले तमामा गल्ती गरिसकेको छ’, राणाले भने, ‘बालेन सरकार असफल भए जनताले विकल्प खोज्छन् । त्यो विकल्प हामी हौं ।’

रास्वपा र बालेनको विकल्प कांग्रेस–एमाले–माओवादी र राप्रपा नभएको बताए । बालेन असफल भए हिन्दू राज्यसहितको राजतन्त्र विकल्प भएको जिकिर उनको थियो ।

‘अबको विकल्प राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र हो’, राणाले भने, त्यसको विकल्प हामीले दिनेछौं ।’

मलमासका कारण निर्वाचन आयोगमा पार्टी दर्ता गर्न ढिला भएको राणाले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)