पुष्पासँग इन्गेजमेन्ट तोड्ने सुधनलाई आत्महत्या दुरुत्साहनको मुद्दा
nepalkhabar.com · Mon Dec 12 16:21:19 GMT 2022
काठमाडौंको धुम्बाराहीमा आत्मादाह गरेकी पुष्पा न्यौपानेसँग इन्गेजमेन्ट तोड्ने सुधन संग्रौलाविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहनमा मुद्दा अगाडी बढाएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउने गरी अनुसन्धान गरिरहेको जानकारी दिए।
मुलुकी अपराध संहिता अनुसार आत्महत्या दुरुत्साहनको कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। सुधनलाई यही सजाय माग गर्ने गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)