हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ: प्रमुख खापुङ्ग
ratopati.com · Sun Jun 08 20:10:00 GMT 2025

काठमाडौँ । कोशी प्रदेश सरकारका प्रमुख परशुराम खापुङ्गले नेपालका हिमाल र साहसिक पर्यटकीयस्थल राष्ट्रका अमूल्य सम्पत्ति भएकाले यसलाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्ने बताएका छन् ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटन: हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको (आइतबार) अवलोकनपछि प्रदेश प्रमुख खापुङ्गले नेपालको हिमाली पर्यटन, जनजीवन, सभ्यता र संस्कृतिलाई प्रवर्द्धन गरी बढी भन्दा बढी विदेशी पर्यटक आकर्षण गर्नुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)