मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कमोडिटी एक्सचेन्जमा विदेशी लगानी नचाहिने

ekantipur.com · Wed Jun 23 00:51:13 GMT 2021

काठमाडौँ — वस्तु विनियम बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि चुक्ता पुँजीको कम्तीमा ५ प्रतिशत विदेशी लगानी हुनुपर्ने प्रस्तावित व्यवस्था हटेको छ । धितोपत्र बोर्डले तयार पारेको ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थासम्बन्धी निर्देशिका’ मा विदेशी लगानी हुनुपर्ने अनिवार्य व्यवस्था थियो ।

निर्देशिकामा रहेको उक्त व्यवस्था सञ्चालक समितिले हटाएको स्रोतले बताएको छ । मस्यौदा सञ्चालक समितिबाट स्वीकृत भएको छ । यही असार १५ देखि निर्देशिका लागू गर्ने तयारी बोर्डले गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)