लुम्बिनी सरकारले पायो पूर्णता, को को बने मन्त्री? (सूचीसहित)
annapurnapost.com · Sat Feb 11 16:39:56 GMT 2023
काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन्। यससँगै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ।
लुम्बिनीको आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, खानेपानी, ग्रामिण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत थारु, स्वास्थ्यमन्त्री विष्णु प्रसाद पन्थी, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी, वन तथा वातावरण मन्त्री दुर्गा प्रसाद चौधरी, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकी प्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसी राम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रदेव गुप्ता नियुक्त भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)