आजको मौसम : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर वर्षा
nepallive.com · Fri Feb 04 00:52:00 GMT 2022
काठमाडौं– हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जनसहित वर्षा भइरहेको महाशाखाको भनाइ छ।
आज (शुक्रबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाको भनाइ छ। देशका धेरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षासँगै अधिकांश स्थानमा असिनासमेत पर्न सक्ने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)