मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेकपा एमालेको ओखलढुंगा जिल्ला अध्यक्षमा  शंकर कट्वाल विजयी

ratopati.com

नेकपा एमालेको ओखलढुंगा जिल्ला अध्यक्षमा शंकर कट्वाल भारी मतान्तरसहित विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा उनले निकटतम् प्रतिद्वन्द्वी सिताराम गुरुङलाई १२४ मतान्तरले पराजित गरेका छन् । कट्वालले ४०० मत ल्याए । उनलाई नेताहरु बालकृष्ण ढु‌गेल, अम्बीर गुरुङ र नानीबाबु बुढाथोकीले समर्थन गरेका थिए ।

पराजित भएका गुरुङले २७६ मत पाए । दुबै नेता ओली गुटका हुन् । नेकपा हुँदा उनीहरु संसद विघटनको पक्षमा उभिएका थिए । गुरुङलाई सांसद यज्ञराज सुनुवार, किशोर अधिकारी र मोहन श्रेष्ठले समर्थन गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)