मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेलायतमा नेपाली विद्यार्थीको पीडा : न छ कोठा, न पाइन्छ काम

annapurnapost.com · Sun Jan 07 01:04:53 GMT 2024

लन्डन : जनवरी ५ मा लन्डन उत्रनु दुई दिनअघि मुकेश महतोले फेसबुक ग्रुप ‘नेप्लिज इन यूके’ लेखे, ‘एक महिनादेखि खोज्दा पनि मैले कोठा पाउन सकिन। यदि तपाईंहरू कसैसँग छ भने मलाई जरुरी छ। आएर कहाँ बस्नु ? के गर्नु, के नगर्नुको अवस्था आइसक्यो। कृपया मलाई सहयोग गर्नुहोस्।’ त्यसको केही दिनअघि सोही प्लेटफर्ममा वसन्त लिम्बूले लेखेका थिए, ‘यूके आएको साढे तीन महिना भयो, काम पाएको छैन। एजेन्सी गयो, विद्यार्थीलाई काम छैन भन्छ। ढोका–ढोका पुगेर खोज्यो, पाइँदैन। अनलाइन आवेदन गर्दा रेस्पोन्स नै आउँदैन। यूकेमा बाँच्न गाह्रो भयो। मलाई काम खोज्न सहयोग गरिदिनुस्।’

मुकेश र वसन्त त प्रतिनिधि पात्र मात्रै हुन्। पछिल्लो समय अध्ययनका लागि आएका धेरै नेपाली विद्यार्थीलाई बेलायतको जीवन साँच्चिकै कष्टकर बनेको छ। उज्ज्वल भविष्यको ठूलो सपना बुनेर बेलायत आएका उनीहरू बस्ने कोठा र काम नपाउने समस्यादेखि बेलायत सरकारको कठोर इमिग्रेसन नीतिसम्मको चेपुवामा परेका छन्। वार्षिक दशौं लाख रुपैयाँको चर्को युनिभर्सिटी शुल्क, कन्सल्टेन्सीले दिलाएका आश्वासनविपरीतको अवस्था र नेपालमा रहेको परिवारका अपेक्षाजस्ता कारण पनि कतिपय तनाव र डिप्रेसनसम्मको स्थितिमा पुग्ने जोखिम देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)