मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आगामी बजेटले मुलुकको आर्थिक संकट टार्न सक्दैन

rajdhanidaily.com · Sun Jun 08 23:09:39 GMT 2025

महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरबाट स्नातक र कीर्तिपुरस्थित विश्वविद्यालयबाट स्नातकोत्तर गरेका हरिप्रसाद गौतम वीरगन्ज उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष हुन् । २०१३ सालमा संखुवासभा जिल्लाको चैनपुरमा जन्मिएका उनी दुई महिनाअगाडि सम्पन्न संघको ४९औं वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित अध्यक्ष पनि हुन् । बहुदलीय व्यवस्था आएपछि २०४८ सालमा आपूर्तिमन्त्रीको संयोजकत्वमा गठित केन्द्रीय खाद्य व्यवस्था समितिको सदस्यमा मनोनीत भई पहिलोपटक आफ्नोे क्षमता प्रदर्शन गर्ने अवसर अध्यक्ष गौतमलाई जुरेको थियो । त्यसलगत्तै २०४९ सालमा हेटौंडा कपडा उद्योगको पूर्णकालीन अध्यक्ष, २०५२ सालमा वीरगन्ज चिनी कारखानाको अध्यक्ष हुँदै २०५३ सालदेखि २०६० सालसम्म भने उनी तीनपटक जनकपुर चुरोट कारखाना लिमिटेडको महाप्रबन्धक भएर राज्य मातहतका ठूला संस्था हाँक्ने व्यक्तिका रूपमा दरिएका छन् ।

पछि स्टिल दराज, कार्टुन तथा चप्पल कारखानाका सञ्चालक हुँदै निजी क्षेत्रसँग जोडिएका उनी सामाजिक क्षेत्रमा मानव सेवा आश्रम पर्साको अभिभावक परिवारका अध्यक्षसमेत हुन् । निजी क्षेत्रमा जोडिएसँगै उद्योगी व्यवसायीको छाता संगठन वीरगन्ज उद्योग वाणिज्य संघतर्फ पनि सक्रिय वर्तमान अध्यक्ष गौतम सुरुमा संघको उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै दुई महिना अगाडि भने संघको ४९औं साधारणसभाबाट अध्यक्षमा निर्विरोध निर्वाचन भएका छन् । सीमा क्षेत्रको अर्थतन्त्रमा विशेषज्ञता राख्ने संघका नवनिर्वाचित अध्यक्ष गौतमसँग आगामी बजेट र वर्तमान आर्थिक अवस्था’bout राजधानीकर्मी तुलसी भण्डारी ले गरेको कुराकानीको सम्पादित अंश ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)