मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विराटनगरमा भएको एक क्रुर हत्या घटनाका एक मुख्य अभियुक्त ६ वर्षपछि पक्राउ

barnanmedia.com · Sun Jun 08 23:09:14 GMT 2025

विराटनगरमा भएको एक क्रुर हत्या घटनाका एक मुख्य अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन्। मोरङ प्रहरीले शनिबार विराटनगर–१६ बाट ५५ वर्षीय एसराज लामालाई पक्राउ गरेको हो।

२०७६ वैशाख ८ गते झापाको अर्जुनधारा नगरपालिका–११ घर भई विराटनगर–१६ मा डेरा गरी बस्दै आएकी २१ वर्षीया ईशा योगी शेर्पाको हत्या भएको थियो। ईशा सोही ठाउँका रेम्बो भनिने रुद्रराज लामासँग प्रेम सम्बन्धमा थिइन्। प्रहरीले घटनामा परिवारको संलग्नता रहेको पुष्टिसहित एसराज, उनका छोरा रुद्रराज र पत्नीलाई अभियुक्तको रूपमा पहिचान गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)