लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार आचार्यलाई उत्कृष्ट रजिष्ट्रारको अवार्ड
nepalpress.com · Sun Feb 18 16:18:23 GMT 2024
रूपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्य उत्कृष्ट रजिष्ट्रारको अवार्डबाट सम्मानित भएका छन् । देशभरका विश्वविद्यालयका रजिष्टारको मूल्यांकनबाट आचार्यलाई रजिष्टार अफ द इयर २०२४ अवार्डबाट सम्मानित गरिएको हो ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उनलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अवार्ड प्रदान गरे । विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्रा।डा।भीमप्रसाद सुवेदी नेतृत्वको जुरी समितिले उत्कृष्ट अवार्डका लागि विश्वविद्यालयका पदाधिकारीको कार्य मूल्यांकन गरेको थियो । मूल्यांकनमा डा।आचार्य उत्कृष्ट रजिष्टार बनेको आयोजक कलेज रिर्डसका प्रमुख कार्यकारी निर्देशक जितेन्द्र घिमिरेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)