मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवनिर्वाचित सांसदहरुलाई भेला गरेर एमालेले आज विशेष कार्यक्रम गर्दै

lokaantar.com · Tue Dec 20 00:20:06 GMT 2022

नेकपा (एमाले) ले नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुको भेला आज गर्दैछ । एमाले जनताको रोजाईको पहिलो पार्टी नामको विशेष कार्यक्रमको आज आयोजना गर्ने सो दलले जनाएको छ । कार्यक्रम आज दिउँसो १२ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा गर्ने सो दलले जनाएको छ ।

विजय, बधाई र उत्सवका रूपमा आयोजना गरिएको सो कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई बधाईका साथै विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले प्रचार विभागका सचिव गगन विष्टले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)