सुन व्यवसायीका दु:ख : गहनाको अर्डर धेरै छन् तर बनाउने कालिगढ छैनन्
lokaantar.com · Sun Sep 26 01:07:05 GMT 2021
“सुनका गहनाको अर्डर धेरै छ, कालिगड नभएर झन्डै डेढ वर्षदेखि ग्राहकको अर्डरअनुसारका गहना बनाउन सकिएको छैन,” कलङ्कीस्थित शाक्य सुनचाँदी पसलका सञ्चालक विमल शाक्यले भने । कोरोनाको त्रासले गहनाको अर्डर पनि बन्द भएपछि गत वर्षै घर (भारतको बङ्गाल) गएका कालिगड अहिलेसम्म नफर्किएको उनको भनाइ छ।
“कालिगड त नेपाली पनि छन्,” उनले भने, तर बङ्गालका कालिगडले जस्तो राम्रो डिजाइनका गहना बनाउनै सक्दैनन्। नेपाली कालिगडले बनाएका गहना परम्परागत डिजाइनका हुने भएकाले अचेल ग्राहकले मन नै पराउँदैनन्। ”
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)