दक्षिण एसियामा भारतका चुनौती
rajdhanidaily.com · Mon Jan 03 23:12:35 GMT 2022
दक्षिण एसियाका मुलुकमा धार्मिक र सांस्कृतिक समरूपता भए तापनि आर्थिक विकासको कसीमा लाभ प्राप्त भएको छैन । पूर्वी एसियामा आसियानको छातामुनि विमर्श र संवादको माध्यमबाट समझदारी र सहयोगको वातावरणमा आसियान मुलुकहरूले आर्थिक उचाइ प्राप्त गरे । दक्षिण एसियामा सार्कले प्रभावकारी भूमिका खेल्न सकेन । जनसांख्यिक लाभांश, सम्पदा र संस्कृतिले गर्दा दक्षिण एसिया प्रचुर सम्भावनाले भरेको छ । हरेक दक्षिण एसियाली मुलुकले विकास र प्रगतिको मार्ग चित्र तयार गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । यही सन्दर्भमा भारतका उच्च कोटिका शोध संस्थान अब्जरर्भर रिसर्च फाउनडेन्सनका विद्वान हर्ष पन्थले ‘पोलटिक्स एन्ड निजियोपोल्टिक्स’ नामक पुस्तक प्रकाशन गरेका छन् । पुस्तकले दक्षिण एसियाको परिदृश्यलाई आलोकित गरेको छ । पुस्तकमा उनले भारतको सामरिक नीतिमा केन्द्रित भए तापनि दक्षिण एसिया मुलुकहरूमा भइरहेको विभिन्न सामरिक र कूटनीतिक अभ्यासमाथि पनि चर्चा गरेका छन् ।
भारतको आकार र संरचनाले गर्दा दक्षिण एसियाको हरेका द्विपक्षीय र बहुपक्षीय मुद्दालाई प्रभावित गर्छ । दक्षिण एसियाली मुलुकमा भइरहेको प्रजातान्त्रिक आन्दोलन र परिर्वतनमा भारत घोषित र अघोषित रूपमा जिम्मेवार हुने गरेको छ । दक्षिण एसियाका प्रायः मुलुकहरूमा राजनीतिक दलहरूले भारत’bout एउटा भाष्य निर्माण गरेका हुन्छन् । पाकिस्तानको जन्म नै भारतविरोधी भाष्यमा भएकाले त्यहॉको राष्ट्रवादको सूचकांक नै भारत विरोधी भाष्य हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)