रोमानियामा नयाँ प्रधानमन्त्रीको खोजी
gorkhapatraonline.com · Sun Jun 14 11:42:49 GMT 2026

रोमानियामा जारी राजनीतिक अनिश्चितता अन्त्य गर्ने प्रयास स्वरूप राष्ट्रपति निकुसोर डानले एड्रियन भेस्टियालाई प्रधानमन्त्रीका लागि मनोनीत गर्नुभएको छ । अघिल्लो उम्मेदवारले संसदमा पर्याप्त समर्थन जुटाउन नसकेपछि राष्ट्रपतिले नयाँ नेतृत्वमार्फत स्थिर सरकार गठनको प्रयास अघि बढाउनुभएको हो ।
५३ वर्षीय भेस्टिया मध्य रोमानियाको ब्रासोभ काउन्टीका अनुभवी राजनीतिज्ञ तथा नेसनल लिबरल पार्टीका वरिष्ठ सदस्य हुनुनुहुन्छ । उहाँ यसै महिनामा राष्ट्रपति डानले प्रधानमन्त्री पदका लागि मनोनयन गर्नुभएको दोस्रो व्यक्ति हुनुहुन्छ । यसअघि प्रधानमन्त्रीका लागि प्रस्तावित युजेन टोम्याकले आवश्यक राजनीतिक समर्थन जुटाउन नसकेपछि आफ्नो जनादेश फिर्ता लिनुभएको थियो । संसदमा मन्त्रिपरिषद् प्रस्तुत गर्ने समय सीमा पूरा हुन नसकेपछि राष्ट्रपति डानले नयाँ विकल्प रोज्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)