सुदूरपश्चिमको लगातार दोस्रो जित
rajdhanidaily.com · Fri Nov 21 23:13:30 GMT 2025
कीर्तिपुर । सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्समाथि १८ रनको जित निकालेको हो ।
पोखराका कप्तान कुशल भुर्तेलले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङको निम्तो दिएपछि आएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ९३ रन बनाएको थियो । भुर्तेलले अर्धशतक बनाए पनि जवाफमा आएको पोखराले ८ विकेट गुमाई १ सय ७५ रन मात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)