गण्डकीका किसानलाई स्थानीय बाली मासिने चिन्ता
nepalsamaya.com · Sat Dec 23 16:17:00 GMT 2023
कास्की- गण्डकी प्रदेशका कृषकले स्थानीय बालीको बीउ मासिने चिन्ता व्यक्त गरेका छन्। गण्डकी प्रदेशसभामा पेस गरिएको ‘गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ छलफलमा सहभागी किसानले स्थानीय बाली मासिने चिन्ता व्यक्त गरेका हुन्।
नवलपुर प्रगतिनगरका किसान त्रिचोचन भट्टराईले स्थानीय बालीको बीउ कम हुँदै गएको बताए। 'हामीले बढी उत्पादन हुने भन्दै हाइब्रिड बीउमा जोड दिएका छौँ', उनले भने, 'यही कारण हाम्रा स्थानीय बाली मासिने खतरा बढेको छ।'
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)