गैरआवासीय नेपालीले शेयरमा लगानी गर्ने बाटो खुल्यो
canadanepal.com · Fri Nov 22 16:51:13 GMT 2024

काठमाडौँ - नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपालीहरूलाई शेयरमा लगानी गर्ने बाटो खोलिदिएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ लाई संशोधन गर्दै गैरआवासीय नेपालीहरूलाई शेयरमा कारोबार गर्न पाउने नीतिगत व्यवस्था गरिएको हो ।
संशोधित निर्देशिकाको नाम ‘धितोपत्र निष्कासन तथा बाँडफाँड (आठौँ संशोधन) निर्देशिका, २०८१’ राखिएको छ । यो निर्देशिका बोर्डले तोकेको मितिदेखि प्रारम्भ हुनेछ । नयाँ व्यवस्थाअनुसार सरकार र गैरआवासीय नेपालीहरूको संयुक्त लगानीमा इन्भेष्टमेन्ट कम्पनी खोल्न सकिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)