मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अन्तिम खेलमा पुनरागमन जितसहित एट्लेटिको च्याम्पियन

onlinekhabar.com · Sun May 23 00:04:45 GMT 2021

९ जेठ, काठमाडौं । एट्लेटिको मड्रिडले स्पानिस ला लिगाको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा रियल भाल्लाडोलिडमाथि शनिवार २-१ को पुनरागमन जितसहित एट्लेटिको ७ वर्षपछि च्याम्पियन बनेको हो ।

एट्लेटिकोलाई उपाधि जिताउन यसै सिजन बार्सिलोनाबाट आएका लुइस सुआरेजले निर्णायक गोल गरे । सुआरेजले ६७औं मिनेटमा गोल गर्दै एटलेटिकोलाई २-१ को जित दिलाए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)