ट्रम्प र मम्दानीबिच ह्वाइट हाउसमा भेटवार्ता
ratopati.com · Fri Nov 21 23:16:00 GMT 2025

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान मम्दानीबिच ह्वाइट हाउसमा शुक्रबार भेटवार्ता भएको छ। मम्दानीप्रति लामो समयदेखि आलोचनात्मक हुँदै आएका ट्रम्प र मम्दानीबिच भएको यो भेटलाई दुवैले सकारात्मक रूपमा प्रस्तुत गरेका छन्।
बैठकपछि राष्ट्रपति ट्रम्पले मम्दानीसँग‘ धेरै राम्रो बैठक’ भएको बताउँदै, विचारधाराका विषयमा मजाकका रूपमा टिप्पणी गरे। उनले मम्दानीका विचारहरू ‘अलि परका’ भए पनि आफूले ‘सोचेभन्दा धेरै कुरा मिलेको’ अनुभूति गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)