अरूको काम देखाएर लिए २३ लाख
annapurnapost.com · Thu Sep 22 00:53:00 GMT 2022
रामेछाप : रामेछापमा एउटा आयोजनाको काम गरेर अर्को योजनाको पैसा लिएको तथ्य सार्वजनिक भएको छ। जिल्लाको खाँडादेवी गाउँपालिका–९ पिंखुरीस्थित बेसिटोल सिँचाइ आयोजनामा अर्को समितिले गरेको कामको तस्बिर देखाएर फरक समितिले २३ लाख भूक्तानी लिएको पाइएको हो।
गाउँपालिका र जिल्ला सिंचाइ कार्यालय रामेछापबाट फरक–फरक सम्झौता हुने गरी क्रमशः २० लाख र ३२ लाख बजेट परेकोमा पालिकाबाट सम्झौता भइ उपभोक्ता समितिले काम गरेको थियो। तर, जिल्ला सिंचाइ कार्यालय रामेछापबाट परेको रकम उपभोक्ता समितिले काम नै नगरी पालिकाको बजेटबाट भएको कामको फोटो देखाएर २३ लाख भूक्तानी लिएको खुलासा भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)