लेखनाथ उद्योग वाणिज्य संघमा अधिकारी र श्रेष्ठबीच प्रतिस्पर्धा
rajdhanidaily.com · Sat Aug 26 23:18:03 GMT 2023
पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको २७ औं साधारण सभा तथा १४ औं महाधिवेशनअन्तर्गत आगामी नेतृत्वका लागि भरतकुमार अधिकारी र विनोद श्रेष्ठले उम्मेदवारी दिएका छन् । आगामी २३ भदौमा हुने मतदानमा शनिबार १९ पदका लागि ३७ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्यले जानकारी दिए ।
आगामी २ वर्षे कार्यकालका लागि सबैजसो पदमा दुई÷दुई जनाको मनोनयन दर्ता भएको छ । एसोसिएट सदस्यमा प्रेमप्रसाद शर्मा निर्विरोध भए । अध्यक्षमा मनोनयन दर्ता गर्ने अधिकारी कांग्रेस र श्रेष्ठ एमालेनिकट हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)