मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

च्यानलमा जहाज नियन्त्रण

gorkhapatraonline.com · Sun Jun 14 11:53:46 GMT 2026

बेलायतले इङ्ग्लीस च्यानलमा रुसको ‘सेडो फ्लीट’ सँग सम्बन्धित एक प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा लिएपछि युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनबारे बहस पुनः चर्किएको छ । बेलायती रक्षा मन्त्रालयका अनुसार यो अपरेसन युक्रेन युद्धपछि रुसमाथि लगाइएका प्रतिबन्ध कार्यान्वयनका लागि गरिएको पछिल्ला कडा कदममध्ये एक हो ।

मन्त्रालयका अनुसार आइतबार करिब छ घण्टा लामो संयुक्त अपरेसन सञ्चालन गरिएको थियो । अपरेसनमा चिनुक हेलिकाेप्टर, फ्रिगेट एचएमएस साउथह्याम्पटन लगायतका नौसैनिक जहाज र हवाई साधन सहभागी थिए । सो क्रममा रोयल मरीन कमान्डो र राष्ट्रिय अपराध एजेन्सीका विशेष तालिम प्राप्त कानुन प्रवर्तन अधिकारीले एसएमवाइआरटिओएस नामक जहाजमा चढेर नियन्त्रण लिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)