मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दलको चुनाव चिन्ह लिएर निर्वाचित हुने जनप्रतिनिधि सोही दलको हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

nepalghatana.com · Sun Apr 24 00:04:00 GMT 2022

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलको चिन्ह लिएर निर्वाचित हुने जनप्रतिनिधिहरु सोही दलको हुने स्पष्ट पार्नु भएको छ ।

शनिबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले गठबन्धन भन्ने शब्द स्थानीय तह निर्वाचन कानुनमा नभएको उल्लेख गर्दै दलको चिन्ह लिएर निर्वाचित भएकाहरु सोही दलको जनप्रतिनिधि हुने प्रष्टयाउनु भएको हो । तर, स्वतन्त्र चिन्ह लिएर उम्मेदवार भएकाहरु निर्वाचित भए भने उनीहरु स्वतन्त्र जनप्रतिनिधि नै हुने कानुनी व्यवस्था रहेको समेत उहाँले स्मरण गराउनु भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)