मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेद्वारा बारामा ४ संघीय निर्वाचन क्षेत्रमा ७ जनाको नाम सिफारिस

ratopati.com

आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले बाराको ४ वटा संघीय निर्वाचन क्षेत्रमा ७ जनाको नाम सिफारिस गरेको छ । नेकपा एमालेको ४ वटै क्षेत्रको आज बसेको बैठकले प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं २ र ४ मा एकल नाम सिफारिस गरेको छ भने निर्वाचन क्षेत्र नं १ मा २ जना र ३ मा ३ जनाको नाम सिफारिस गरेको छ ।

आज बसेको क्षेत्रीय कमिटी बैठकले क्षेत्र नं १ को लागि अच्युत मैनाली र पुरुषोत्तम पौडेल, क्षेत्र नं २ मा वलवीर चौधरी, क्षेत्र नं ३ मा ज्वाला साह, अध्यानन्द पाण्डे र एम सम्मुल्लहा र क्षेत्र नं ४ को लागि देवनारायण चौधरीको नाम सिफारिस गरेको छ । पार्टीले अगामी निर्वाचनका लागि सिफारिस गरेका नाममध्ये अच्युत मैनाली, अध्यानन्द पाण्डे र देवनारायण चौधरी २०७४ को निर्वाचनमा पराजित उम्मेदवार हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)