मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

छुटका नाममा झूट

ekantipur.com · Thu Jun 03 01:02:53 GMT 2021

काठमाडौँ — निषेधाज्ञाका बेला सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनबाट बिक्री गर्ने खाद्यवस्तु र ग्यासमा २० प्रतिशत छुट दिने घोषणा गरे पनि तत्काल कार्यान्वयन नहुने देखिएको छ । लोकप्रिय हुन बिनातयारी अनि हचुवाको भरमा कार्यक्रम ल्याउँदा ‘२० प्रतिशत छुट’ घोषणामा मात्रै सीमित हुने देखिएको हो ।

गत शनिबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा निषेधाज्ञाका क्रममा दाल, चामल, चिनी, पिठो, गेडागुडी, तेल र ग्यासमा २० प्रतिशत छुट दिने घोषणा गरेका थिए । तर यस विषयबारे कर्मचारीलाई जानकारी नै छैन । ‘कोभिडकालमा छुट दिनु आवश्यक हो, दिनु पनि पर्छ । तर त्यसका लागि छलफल भएन,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनीका एक कर्मचारीले भने, ‘हामीले बजेट भाषणबाट थाहा पायौं । छलफलबिनै घोषणा हुँदा समस्या भइरहेको छ ।’ सरकारले २० प्रतिशत छुट घोषणा गरेपछि खाद्यान्न अर्डर गर्ने सर्वसाधारणले छुट माग्न थालेका छन् । तर साल्ट र खाद्यका कर्मचारीले तत्काल दिन नसक्ने जवाफ दिइरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)