प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राणा र ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान
deshsanchar.com · Tue Oct 29 18:07:53 UTC 2024

काठमाडौँ- नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा र प्राविधिकतर्फका प्रहरी अतिरिक्त महानिरीक्षक डा सुन्दरप्रसाद ह्योजुलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकबाट दुवै जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति गरिएको थियो। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आज राति आयोजित एक समारोहमा उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)