सेन्ट जेभियर्समा अझै भर्ना विवाद
gorkhapatraonline.com · Sun Apr 16 00:46:52 GMT 2023
काठमाडौँ, वैशाख ३ गते । नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलले विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न सकेको छैन। ललितपुर महानगरपालिकासँग विवाद बढेपछि सो स्कुलले गत चैत ९ गते वेबसाइटमा सूचना प्रकाशित गर्दै अनिश्चितकालका लागि भर्ना प्रक्रिया स्थगित भएको जनाएको थियो।
त्यसअघि स्कुलले चैत २ र ३ गते कक्षा १ मा नयाँ भर्नाका लागि आवेदन माग गरेको थियो। सोहीअनुसार अभिभावकले अनलाइन र भौतिक रूपमै उपस्थित भएर भर्नाका लागि आवश्यक कागजपत्र बुझाएका थिए। करिब चार हजारले आवेदन दिएको र तीमध्ये झन्डै तीन हजारसँग पहिलो चरणको अन्तर्वार्ता लिएको स्कुलले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)