मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सांस्कृतिक विचलनको आरोपपछि ६ महिनाअघि रास्वपा त्यागेका ख्याम जिल्ला सभापतिमा विजयी

nepalpress.com · Sun Jun 14 11:58:59 GMT 2026

विराटनगर । रास्वपा भोजपुरको नवनिर्वाचित सभापति ख्याम भुजेल परस्त्रीसँग अनुचित तथा अवैध सम्बन्ध प्रकरणमा अनुशासनको कारबाही सिफारिसमा परेको खुलेको छ । कारबाहीको किनारा नलाग्दै भुजेल नेतृत्वमा आएको भन्दै अहिले आन्तरिक रूपमा नेता-कार्यकर्ता र समर्थकले ‘राइट टु रिकल’ को कुरा उठाउन थालेका छन् ।

अरुण गाउँपालिका-६ जरायोटार निवासी भुजेल सचिव छँदै गरेको कारबाही सिफारिस टुंगिएकै छैन । भूपू सैनिकसमेत रहेका उनले श्रीमती र छोरा साथमा हुँदाहुँदै छिमेकी महिला (एक छोरीकी आमा) लाई अवैध सम्बन्धपश्चात कान्छीको रूपमा भित्र्याएका थिए । गत भदौमा जिल्ला समितिले अनुशासन आयोग कोशी प्रदेशमा भुजेललाई कारबाहीको लागि सिफारिस गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय