मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्मला हत्या प्रकरण : दुई भारतीय किशोरको डिएनए परीक्षण गरिँदै

nayapatrikadaily.com · Sat Jan 07 00:50:00 GMT 2023

प्रहरीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान दुई भारतीय किशोरमाथि केन्द्रित गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिई प्रहरीले सोधपुछ तथा डिएनए परीक्षण प्रक्रिया अघि बढाएको छ । घटनाको दिन दुवै किशोर घटनास्थलआसपास देखिएका थिए ।

घटनाको अनुसन्धानका लागि गत साता डिआइजी दुर्गा सिंहको नेतृत्वमा नयाँ टोली गठन गरिएको थियो । टोली हाल कञ्चनपुरमै छ । ‘अनुसन्धानको घेरालाई साँघुरो बनाउने क्रममा ती युवकलाई पहिलेदेखि नै निगरानीमा राखेका थियौँ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने,‘अहिले नियन्त्रणमा लिन सफल भएका हौँ ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)