मनिग्रामबाट पठाएको पैसा ईसेवा मनि ट्रान्सफरबाट सजिलै पाइने
ekantipur.com · Wed Nov 22 16:38:02 GMT 2023
काठमाडौँ — ईसेवा मनि ट्रान्सफर र मनिग्रामबीच बैंक र इसेवा वालेटमा भएको साझेदारी अब नगद रेमिट्यान्स भुक्तानीमा पनि सुरु भएको छ । यो सम्झौतासँगै विदेशमा बसोबास गर्दै आएका नेपालीले मनिग्राममार्फत नेपालमा ईसेवा मनि ट्रान्सफरमा पैसा पठाउन सक्नेछन् ।
नेपाली ग्राहकले मनिग्राम ब्रान्डेड ईसेवा मनि ट्रान्सफरका भुक्तानी केन्द्रबाट सहजै आफ्ना भुक्तानी प्राप्त गर्न सक्नेछन् । पुस १५ सम्म नगद रेमिट्यान्स् पठाउँदा ग्राहकले विभिन्न पुरस्कारसमेत जित्न सक्ने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)