मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चार कामदारका परिवारलाई १०/१० लाख क्षतिपूर्ति

ekantipur.com · Sun Mar 05 00:56:38 GMT 2023

भैरहवा — सिमेन्ट कारखानामा भएको दुर्घटनामा जलेर मृत्यु भएका चार कामदारका परिवारले १०/१० लाख रुपैयाँ क्षतिपूर्ति पाएका छन् । रूपन्देहीको सियारी–२ स्थित अर्घाखाँची सिमेन्ट उद्योगमा गत माघ १६ मा भएको घटनामा चार कामदारको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

मृतक कामदारले पाउनुपर्ने बिमाबापतको रकम र सरकारी मापदण्डअनुरूपको सुविधामाथि उद्योगले ३ लाख रुपैयाँ थप गरी प्रतिपरिवारलाई १०/१० लाख रुपैयाँ उपलब्ध गराइएको उद्योगका महाप्रबन्धक उद्धव कार्कीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)