रेशम चौधरीको उम्मेदवारी खारेज
nayapatrikadaily.com · Tue Oct 11 17:24:00 GMT 2022
बर्दिया २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बन्न आवेदन दिएका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ । क्षेत्र नम्बर २ कै संयुक्त गठबन्धनकातर्फबाट उम्मेदवार बनेका माओवादीका सुरेश पन्थको उजुरीमाथि छानबिन गर्दै निर्वाचन अधिकृतको कार्यालयले रेशमको उम्मेदवारी खारेज गरेको हो ।
प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा १३ को उम्मेदवारको अयोग्यतासम्बन्धी व्यवस्था बमोजिम र सोही ऐनको दफा २३ को मनोनयन–पत्र बदर हुने व्यवस्था बमोजिम रेशमलाल चौधरीको उम्मेदवारीको मनोनयन–पत्र खारेज गरीएको निर्वाचन अधिकृत नगेन्द्र लम्सालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)