राजस्व छली र अपराधलाई निरुत्साहित गर
rajdhanidaily.com · Sun Aug 08 23:14:53 GMT 2021
विगतदेखि नै मुलुकमा राजस्व छली हुने क्रममा खासै कमी आउन सकेको छैन । अहिले पनि कुनै न कुनै रूपमा र बहानामा धेरैभन्दा धेरै व्यापारीले राजस्व छली गर्दै आइरहेको भए पनि सरकारी निकायले त्यस्ता आर्थिक अपराधका घटना पत्ता लगाएर कारबाही प्रक्रिया अघि बढाउन सकेको छैन ।
मुलुकमा राजस्व छलीको रूप अत्यधिक छ । राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रसँग मिलिमतो गरी व्यवसायीले अर्बांै रुपैयाँ राजस्व छली गर्ने गरेका छन् । कतिपय व्यवसायीले सरकारलाई बुझाउनुपर्ने भन्दा कम राजस्व बुझाउने वा नबुझाउने नियतले ट्याक्स प्लानिङ गर्ने, राजस्व नबुझाउने वा कम बुझाउने गरिरहेका छन् । मुलुकमा राजस्व चुहावट कसुरसम्बन्धी कानुन भए पनि राजस्व छली गर्नेहरूले सो कानुनको पूर्णरूपमा बेवास्ता गर्दै आइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)