मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक सय मत गन्दा देउवाको अग्रता

annapurnapost.com · Wed Dec 15 00:10:00 GMT 2021

काठमाडौं: नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणमा भएको मतदानको गणना सुरु भएको छ। जारी मतगणनामा हालसम्म एक सय मतपरिणाम सार्वजनिक भएको छ।

मत परिणामअनुसार सभापतिका आकांक्षी शेरबहादुर देउवाले अग्रता लिएको छ। देउवाले ५७ मत ल्याउँदा अर्का आकांक्षी शेखर कोइरालाले ४२ मत ल्याएका छन्। दोस्रो चरणमा खसेको कूल मतसंख्याका आधारमा अब कांग्रेस सभापतिमा निर्वाचन हुन २२८२ मत चाहिने भएको छ। दोस्रो चरणमा ४ हजार ५६२ मत खसेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)